सर्वदलीय बैठक नबस्दा बागमती प्रदेशसभा बैठक पनि बस्न सकेन
विवाद समाधानका लागि सभामुख भुवनकुमार पाठक सर्वदलीय बैठक बोलाए पनि अझैसम्म बस्न नसकदा प्रदेशसभा बैठक प्रभावित बनेको हो।
मकवानपुर, असार ७ : शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बागमती प्रदेशसभा बैठक अझैसम्म बस्ने सकेको छन्।
बजेट पुनर्लेखनाको माग गर्दै प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले बिहीबार प्रदेशसभ बैठक अवरुद्ध गरेको थियो। त्यसपछि सूचना टास गरेर बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित गरिएको थियो।
विवाद समाधानका लागि सभामुख भुवनकुमार पाठक सर्वदलीय बैठक बोलाए पनि अझैसम्म बस्न नसकदा प्रदेशसभा बैठक प्रभावित बनेको हो।
कांग्रेसले बजेट पुस्तिका र आफूहरुले प्राप्त गरेको बजेटबीच व्यापक अन्तर रहेको बताउँदै सदन अवरुद्ध गरेको थियो। कांग्रेसले बजेट सच्याउन लिखित रुपमा प्रतिबद्धता गर्नुपर्ने अडान राखेको छ।
प्रकाशित मिति: १३:४३ बजे, शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार