क्लासिक टेकको नयाँ योजना, ‘सेल पे’ बाट भुक्तानी गर्दा बुलेट बाइक जित्ने अवसर
नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५०सीसी बुलेट बाइक जित्न सक्नेछन्।
काठमाडौं, असार ७ : क्लासिक टेकले ग्राहकका लागि नयाँ योजना ल्याएको छ। क्लासिक टेकको भुक्तानी ‘सेल पे’ वालेट मार्फत गर्दा बुलेट बाइक जित्ने योजना सार्वजनिक गरेको हो।
यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहकले इन्टरनेट टिभीको सेल पे वालेटबाट भुक्तानी गर्दा एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारमा रोयल इन्फिल्ड क्लासिक ३५०सीसी बुलेट बाइक जित्न सक्नेछन्।
साथै हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच पनि जित्न सक्नेछन्।
अफरमा पुराना ग्राहकका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएस सहित २०० प्लस एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभी प्रति महिना ७९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन्।
नयाँ ग्राहकले भने ३ महिनाका लागि २०० एमबीपीएस इन्टरनेट ३ हजार ३०० रुपैयाँमा वाइफाइ ६ राउटर सहितको प्याकेज प्राप्त गर्नेछन्। यो अफरहरू आगामी कात्तिक मसान्तसम्म लागू हुनेछ।
प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, असार ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1764753058.png)