स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा गृहमन्त्री लामिछानेविरुद्ध किटानी जाहेरी

काठमाडौं, असार ६ : उपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा अर्को किटानी जाहेरी प्रहरीमा दर्ता भएको छ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर टेकुमा जाहेरी दर्ता भएको हो।
सिन्धुलीका युवराज पौडेल (सफल)ले गृहमनत्री रवि लामिछाने र गितेन्द्रबाबु (जिबी) राईविरुद्ध गत मंगलबार हुलाकमार्फत दिएको किटानी जाहेरी बुधवार दर्ता भएको हो।
यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीका पीडितले लामिछानेविरुद्ध गत माघ २२ गते जिल्ला प्रहरी कार्यालय, कास्कीमा पूरक जाहेरी दिएका थिए।
प्रकाशित मिति: १८:०३ बजे, बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











