मन्त्रीका काममा सांसदलाई राजनीति नगर्न श्रममन्त्रीको आग्रह
‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरूमा राजनीति नगरी दिनुहोला। विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्,’ उनले भने।
काठमाडौं, असार ६ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मन्त्रीले गर्ने काममा राजनीति नगर्न सांसदहरुलाई आग्रह गरेका छन्।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा सांसदहरुले मन्त्रीले गर्ने काममा राजनीति गरेकै कारणले देश समृद्ध बन्न नसकेको उनको जिकिर थियो।
विकासका कुरामा एकछिन राजनीति बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने र नागरिकले सुख पाउने अर्यालको भनाइ थियो।
‘कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरूमा राजनीति नगरी दिनुहोला। विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन्,’ उनले भने।
कुनै एउटा मात्रै उद्योग चलाएर दसौं हजारका लागि रोजगारी सिर्जना गर्न नसकिने बताउँदै यसका लागि साना व्यवसायदेखि सबै प्रकारका उद्योगहरु सञ्चालन गर्न आवश्यक रहेको उनले बताए।
उनले रोजगारीका अवसर बढाउनका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको दाबी गरे। साना व्यवसायीलाई संरक्षण गर्दै साना, मझौला र ठुला उद्योगहरुलाई सञ्चालन गर्न सके धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सकिने बताए।