Kathmandu Press

मधेश प्रदेशले बजेटको एक चौथाई पनि खर्च गर्न सकेन

मधेश प्रदेशले बजेटको एक चौथाई पनि खर्च गर्न सकेन

धनुषा, असार ६ः चालु वर्षको एक महिना मात्र बाँकी रहँदा मधेस प्रदेश सरकारले एक चौथाई विकास बजेट पनि खर्च गर्न नसकेको तथ्य उजागर भएको छ।

मधेश प्रदेशको जनकपुरधामस्थित लेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन गरेको बजेटमध्ये हालसम्म केबल विकास बजेट (पुँजीगत) तर्फ २१.७३ प्रतिशत खर्च गरेको जनाएको छ। चालुतर्फ भने ३०.७६ प्रतिशत बजेट खर्च भएको छ। चालु आवको लागि ल्याएको संशोधित बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रहेकोमा ११ अर्ब २६ करोड ५ लाख ९ हजार ६९१ रुपैँया मात्र खर्च भएको छ। बाँकी एक महिनामा भने प्रदेश सरकारलाई ३२ अर्ब ८५ करोड ४१ लख २२ हजार ३०९ रुपैयाँ खर्च गर्नको लागि समय छ।

Hardik ivf

चालु आवको लागि पुँजीगततर्फ २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार रुपैयाँ विनियोजन भएको थियो। जसमध्ये पाँच अर्ब ५५ करोड ७६ लाख २५ हजार तीन सय ९६ रुपैयाँ मात्र खर्च भएको जनाइएको छ। चालुतर्फ १८ अर्ब ५४ करोड ५८ हजार विनियोजन गरिएकोमा पाँच अर्ब ७० करोड २८ लाख ८४ हजार दुई सय ९५ रुपैयाँ खर्च भएको छ। जुन ३०.७६ प्रतिशत हो। 

मन्त्रालय तर्फ चालु आवको ११ महिनामा वन तथा वातावरण मन्त्रालयले सबैभन्दा बढी पुँजीगत बजेट खर्च गरेको छ भने उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले सबैभन्दा कम बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ। विकास बजेट खर्च गर्नेमा वन तथा वातावरण मन्त्रालय रहेको छ।

उक्त मन्त्रालयका लागि पुँजीगत तर्फ ७८ करोड ६ लाख ८७ हजार करोड रुपैयाँ विनियोजन गरिएको थियो। त्यसमध्ये २४ करोड ६१ लख ८८ हजार २८ रुपैयाँ खर्च भएको छ। जुन ३१.५३ प्रतिशत हो। चालुतर्फ भने विनियोजित बजेटको ५७.२६ प्रतिशत बजेट खर्च गरिएको छ।

विकास बजेट खर्च गर्ने प्रदेश मन्त्रालयको दोस्रो सूचीमा उर्जा, सिँचाई तथा खानेपानी मन्त्रालय रहेको छ। यो मन्त्रालयले पुँजीगततर्फ चार अर्ब ९३ करोड २५ लाख ६५ हजार विनियोजन रकममध्ये १ अर्ब ४१ करोड ७२ लाख ५३ हजार ८१ रुपैयाँ खर्च गरेको छ। जुन २८.७३ प्रतिशत हो । चालु तर्फ भने कुल विनियोजित बजेटको ३६.३८ प्रतिशत बजेट खर्च भएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय विकास खर्च गर्नेमा तेस्रो बनेको छ। विनियोजित पुँजिगत बजेटमध्ये २४.२४ प्रतिशत खर्च भएको छ। चालु तर्फ उक्त मन्त्रालयले ३१.६४ प्रतिशत बजेट खर्च भएको छ। 

प्रकाशित मिति: १६:३६ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्