Kathmandu Press

घात–अन्तर्घातको भयले अन्य दलसँग गठबन्धन गर्नुपरेको छ : कोइराला

‘घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौं। नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौं। हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन। अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन,’ कोइरालाले भने।
घात–अन्तर्घातको भयले अन्य दलसँग गठबन्धन गर्नुपरेको छ : कोइराला

काठमाडौं, असार ६ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसबीचमै एकता भए अन्य राजनीतिक दलले चुनाव हराउन नसक्ने बताएका छन्।

नेता कोइरालाले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलसँग गठबन्धन हुने गरेको पनि बताए।

Hardik ivf

नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै नेता कोइरालाले उक्त भनाई राखेका हुन् । कांग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले चुनावमा हराउन नसक्ने दाबी उनको छ।

‘घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छौं। नेपाली कांग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौं। हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन। अन्य दलहरूसँग गठबन्धन गर्नै पर्दैन,’ कोइरालाले भने।

साथै कोइरालाले महिलाहरु लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्वभन्दा माथि उठ्न नसकेको समेत बताए।

‘राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्छ,’ उनले भने, ‘अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा प्राथमिकता दिएर अध्यक्षमा धेरै सीट दिन जरुरी छ।’

प्रकाशित मिति: १४:२२ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्