Kathmandu Press

नेकपा एस सरकारको स्थायित्वको पक्षमा छ : अध्यक्ष नेपाल

‘सरकारले ल्याएको बजेटमा हाम्रा असन्तुष्टि छन् । हामी, बसेर छलफल गर्छौ, सरकार फेरबदलको पक्षमा छैनौं,’ उनले भने, ‘समाजवादी पार्टी सरकारको स्थायित्व, समानता र परिवर्तनको पक्षमा छ।’
नेकपा एस सरकारको स्थायित्वको पक्षमा छ : अध्यक्ष नेपाल
फाइल तस्बिर।

महोत्तरी, असार ६ : पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारको स्थायित्वको पक्षमा रहेको बताएका छन्।

महोत्तरीको बर्दिवासमा समाजवादी प्रेस संगठनले राखेको पत्रकार सम्मेलनमा उनले राजनीतिक स्थायित्वको पक्षपोषण गर्ने शक्तिले असन्तुष्टि हुने बित्तिकै बसेर छलफल नगरी छिनभरमै समीकरण भत्काउने र सरकार बदल्ने सोच्न पनि नहुने उल्लेख गरे।

Hardik ivf

‘सरकारले ल्याएको बजेटमा हाम्रा असन्तुष्टि छन् । हामी, बसेर छलफल गर्छौ, सरकार फेरबदलको पक्षमा छैनौं,’ उनले भने, ‘समाजवादी पार्टी सरकारको स्थायित्व, समानता र परिवर्तनको पक्षमा छ।’

सुशासनका सन्दर्भमा नेता नेपालले स्थानीय सरकारलाई कानुन बनाउने र कार्यान्वयन गर्नेसम्मको अधिकार दिएको भएपनि भ्रष्टाचार नियन्त्रण हुन नसकिरहेको भन्दै दुःख व्यक्त गरे। ू

अध्यक्ष नेपालले राजनिति गर्ने देश बनाउन र जनताको सेवा गर्न भएकाले राजनीतिबाट माथि पुगेपछि अधिकारको दुरुपयोग गरि भ्रष्टाचार गर्ने पद्धतिबाट देशको विकास हुने नसक्ने बताए।

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्