Kathmandu Press

एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु

भरतपुर, फागुन १५ : एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–३ शहीदचोकमा....

एम्बुलेन्स दुर्घटनामा बिरामीको मृत्यु

भरतपुर, फागुन १५ : एम्बुलेन्स दुर्घटना हुँदा एकजना बिरामीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भरतपुर महानगरपालिका–३ शहीदचोकमा ग २ च ४६०० नम्बरमो एम्बुलेन्स दुर्घटना हुँदा  गोरखाको पालुङटार नगरपालिका–१ का ५५ वर्षीय सन्तमान श्रेष्ठको मृत्यु भएको हो । ठक्करबाट घाइते उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनी उच्चरक्तचापका बिरामी थिए ।

दुर्घटनामा बिरामीसँगै आएका गोरखा पालुङटारकै ६५ वर्षीय उदयप्रसाद श्रेष्ठ र म्याजिक चालक तनहुँ श्यामघाट–६ का १९ वर्षीय प्रविनकुमार श्रेष्ठ घाइते भएका छन् । घाइते दुवैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

मंगलबार राति एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना १ ज ७७७३ नं.को म्याजिकसँग् मा ठोक्किएको थियो । एम्बुलेन्स तीव्रगतिमा रहेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: ११:१८ बजे, बुधबार, फागुन १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्