Kathmandu Press

भारतको तमिलनाडुमा विषाक्त रक्सीबाट ३४ को मृत्यु, सय बढी अस्पताल भर्ना

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार स्थानीय रूपमा उत्पादन गरिएको उक्त रक्सीमा घातक मेथानोल मिश्रण मिश्रण गरिएको थियो। उक्त घटनामा दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।
भारतको तमिलनाडुमा विषाक्त रक्सीबाट ३४ को मृत्यु, सय बढी अस्पताल भर्ना

नयाँ दिल्ली, असार ६ : भारतको तमिलनाडुमा विषाक्त रक्सी सेवनबाट ३४ जनाको मृत्यु भएको छ।

रक्सीका कारण विरामी परेका एक सयभन्दा बढीलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।

Hardik ivf

स्थानीय रूपमा उत्पादन गरिएको उक्त पेय पदार्थ घातक मिश्रण विषाक्त मेथानोलले भरिएको तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको भनाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटनासँग दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको मुख्यमन्त्री स्टालिनले बताएका छन्।

मुख्यमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा अपराधले समाजलाई बर्बाद गर्ने बताउँदै यस्ता घटनामा संलग्न सबैलाई कडा कानुनी कारबाही हुने स्टालिनले बताएका छन्।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार स्थानीय रूपमा उत्पादन गरिएको उक्त रक्सीमा घातक मेथानोल मिश्रण मिश्रण गरिएको थियो। उक्त घटनामा दोषी भनिएका आरोपितलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ।

तामिलनाडुका राज्यपालले सामाजिक सञ्जालमा धेरै पीडितको स्वास्थ्य गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै मृतकप्रति गहिरो शोक व्यक्त गरेको सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

सन् २०२२ मा भारतको गुजरातमा विषाक्त रक्सीका कारण कम्तीमा ४२ जनाको मृत्यु भएको थियो। गत वर्ष बिहारमा विषाक्त मदिरा सेवन गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: १५:१२ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्