Kathmandu Press

क्रसर तथा खानी उद्योग व्यवसायीहरूको पक्षमा नेकपा एस

‘स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउ भन्ने मागसहित सडकमा उत्रिनु भएका सबै व्यवसायीहरुको मागप्रति म र नेकपा एकिकृत समाजवादीको तर्फबाट ऐक्यवद्धता जाहेर गर्न चाहन्छु । यसको साथै सधैँ साथ रहने प्रतिबद्धता पनि राख्न चाहान्छु,’ उनले भने।
क्रसर तथा खानी उद्योग व्यवसायीहरूको पक्षमा नेकपा एस

काठमाडौं, असार ६ : आइतबारदेखि सडक आन्दोलनमा रहेका नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुका मागप्रति नेकपा एकीकृत समाजवादीले ऐक्यवद्धता जनाएका छन्।

विहीबार नेकपा एसका प्रमुख सचेतक मेटमणि चौधरी आन्दोलन स्थल माइतीघर मण्डलामै पुगेर गएर ऐक्यवद्धता जाहेर गरेका हुन्।

‘स्वतन्त्रपूर्वक व्यवसाय गर्न पाउ भन्ने मागसहित सडकमा उत्रिनु भएका सबै व्यवसायीहरुको मागप्रति म र नेकपा एकिकृत समाजवादीको तर्फबाट ऐक्यवद्धता जाहेर गर्न चाहन्छु । यसको साथै सधैँ साथ रहने प्रतिबद्धता पनि राख्न चाहान्छु,’ उनले भने।

Hardik ivf

उनले सरकार राजस्वको दायरा बढाउने भन्दा पनि आफ्नो कुर्सी जोगाउने र बचाउने खेलमा लागेको कारण उद्योगी, पेशा, व्यवसायीहरु धेरैका मागहरु अलपत्र रहेको बताए।

Photo-(5)-1718873407.jpg

‘मैले के गर्नुपर्ने हो, हामीले के गर्नुपर्ने हो। नेपालमा पुँजीपतिहरुको संख्यामा कसरी वृद्धि गर्ने, राजस्वको दायरा कसरी बढाउने भन्दा पनि आफ्नो कुर्सी कसरी जोगाउने, बचाउने खेलमा मात्र सरकार रहेको छ,’ उनले भने, ‘जसका कारण उद्योगी व्यवसायीहरु धेरैका मागहरु अलपत्र अवस्थामा छन्।’

क्रसर तथा खानी उद्योग सम्बन्धी कानून पनि बन्दै गरेको भन्दै उनले सम्भवत यही महिनाभित्र कानूनको टुंगो लाग्ने आश्वासन दिए। सरकारले क्रसर उद्योगका नवीकरण नगरेको र मुद्दाहरु सम्बोधन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित भएका हुन्।

Photo-(6)-1718873407.jpg

व्यवसायीहरुको माग सम्बोधन नभए नीजि क्षेत्र, नागरिक एवम पीडितहरु सडकमार्फत आन्दोलन चर्काउने भन्दै आन्दोलनबाट हुने क्षतीको जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै आइरहेका छन्।

प्रकाशित मिति: १४:३५ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्