राजदूत नियुक्ति थप व्यवस्थित हुन्छ : प्रधानमन्त्री
उनको प्रश्नको जवाफ दिँदै दाहालले संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति गर्न सरकार प्रतिबद्ध रहेको बताए।-1718870414.jpg)
काठमाडौं, असार ६ : प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी बनाउने चर्चा गरेका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद तारा लामा तामाङले नयाँ सरकार बन्ने बित्तिकै विभिन्न देशमा रहेका राजदूतलाई फिर्ता बोलाउने प्रवृतिले यो सरकारमा पनि निरन्तरता पाएको ५० प्रतिशत राजदूत नियुक्ति प्रकृया राजनीतिक हुने गरेको भन्दै लामाले त्यसलाई सुधार गर्न सरकारको योजना के छ भनि प्रश्न सोधेका थिए।
उनको प्रश्नको जवाफ दिँदै दाहालले संविधान र परराष्ट्र नीतिले परिलक्षित गरेअनुसार राष्ट्रको सर्वोपरी हित हुनेगरी राजदूतहरूको नियुक्ति गर्न सरकार प्रतिबद्ध रहेको बताए।
‘राष्ट्रको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखलाई परिचालन गर्न सरकार प्रतिबद्ध छ,’ उनको भनाइ छ।
देशको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्यांकन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति सरकारले अवलम्बन गर्दै आएको उल्लेख गरे।











