आफूले बोल्ने दिन सत्ता पक्षकै मन्त्री र सांसद वैठकमा नआएपछि प्रधानमन्त्रीको असन्तुष्टि
प्रधानमन्त्री प्रचण्डले मन्त्री र सत्तापक्षकै सांसदहरू पनि सदनमा उपस्थित नभएकोमा असन्तुष्टि जनाएका हुन्। यस्तो अवस्थाले आफैलाई अवमूल्यन गरेको ठहरिने पनि दाहालले बताए।-1718869358.jpeg)
काठमाडौं, असार ६ : प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले बोल्ने दिनमा सबै मन्त्री र सांसदहरू सदनको वैठकमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदसँग प्रधानमन्त्रीको प्रश्नोत्तरको अवसरमा प्रधानमन्त्रीले यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रधानमन्त्री दाहालले मन्त्री र सत्तापक्षकै सांसदहरू पनि सदनमा उपस्थित नभएकोमा असन्तुष्टि जनाएका हुन्। यस्तो अवस्थाले आफैलाई अवमूल्यन गरेको ठहरिने पनि दाहालले बताए।
‘सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गराउन चाहन्छु, हाम्रो सदनको एउटा परम्परा, प्रचलन गरिमा जे भए पनि प्रधानमन्त्रीले बोल्ने दिनमा सत्तापक्ष र प्रतिपक्ष पनि सबै माननीय र मन्त्रीहरू पनि इमरजेन्सीबाहेक उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो । तर, क्रमशः त्यो पातलिन थालेको छ,’ संसदमा प्रश्नोत्तरकोक्रममा प्रधानमन्त्री दाहालले भने, ‘यसले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला। यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफू आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ।’











