अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा
विरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो।लमजुङ, असार ६ : पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ। अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको हो।
डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताए।
पहिरो रोकथामका लागि संघीय सरकारको रु १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए।
पैसठ्ठी किलोमिटर रहेको यस सडकमा साना–ठूला सवारीसाधन सञ्चान हुँदै आएको छ। मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन्।
प्रकाशित मिति: १३:५० बजे, बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योगका लाईन नकाट्ने प्राधिकरण बोर्डको निर्णयबुधबार, मंसिर १२, २०८१
दुर्गा प्रसाईंको वन्दीप्रत्यक्षीकरणमा सुनुवाई जारी बुधबार, मंसिर १२, २०८१
प्रधानमन्त्री ओलीले मंसिर १८ गते चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता गर्नेबुधबार, मंसिर १२, २०८१
एमसीसीअन्तर्गतकाे प्रसारणलाइन निर्माणका लागि पुनः बोलपत्र आह्वानबुधबार, मंसिर १२, २०८१