धितोपत्र बोर्डको अध्यक्ष चाँडो नियुक्त गरियोस् : सांसद उप्रेती
उनले आफूले एक वर्ष पहिले नै धितोपत्र ‘बोर्डलाई ढिलोपत्र बोर्ड’ भनेर गरेको व्यङ्ग्य सरकारको कार्यले पुष्टि गरेको उल्लेख गरे। यस्तै सरकारले सिफारिस गरेर पनि बोर्ड अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उप्रेतिले व्यङ्य गरे।
काडमाडौं, असार ६ : प्रतिनिधिसभा सदस्य हरि ढकालले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त नहुँदा पूँजीबजारको कारोबारमा प्रत्यक्ष असर परेको भन्दै छिटो अध्यक्ष नियुक्ति प्रकृया पूरा गर्न ध्यानाकर्षण गराएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद ढकालले सरकारले पूँजीबजारको नियमन गर्न बनेको संस्था धितोपत्र बोर्डको अध्यक्ष गत पुष २१ गतेदेखि रिक्त हुँदा पूँजी बजारको लगानीकर्तामा असर परेको बताए।
उनले आफूले एक वर्ष पहिले नै धितोपत्र ‘बोर्डलाई ढिलोपत्र बोर्ड’ भनेर गरेको व्यङ्ग्य सरकारको कार्यले पुष्टि गरेको उल्लेख गरे। यस्तै सरकारले सिफारिस गरेर पनि बोर्ड अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उप्रेतिले व्यङ्य गरे।
‘गत माघ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष सिफारिस समिति बनाउँछ । फागुन १६ गते आवेदन माग हुन्छ, त्यसमा १९ जनाको आवेदन पर्छ । ०८० चैत २५ गते पाँच जनाको नाम सिफारिस हुन्छ,’ उनले भने, ‘त्यसयता पाकेको खिचडी अब त भाग लगाउने बेला भयो होला नि ? खिचडी भाग लगाइदिएर तुरुन्तै अध्यक्ष नियुक्ति गरिदिए हुन्थ्यो। अध्यक्ष नियुक्ति नहुँदा २२ अर्बसम्मको कारोबार गरेको क्षेत्रलाई प्रत्यक्ष रुपमा असर गरेको छ।’
सरकारले प्रकृया अगाडि बढाएर गत चैत २५ गते पाँच जनाको नाम बोर्डको अध्यक्षमा सिफारिस गरेको भएपनि अन्तिममा परेका तीन जनामध्येबाट अध्यक्ष चयन गर्न सकेको छैन।











