भारत भ्रमणबारे प्रधानमन्त्री दिए सदनमा जवाफ
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसअघि जस्तै अनौपचारिक भ्रमण भएको बताए।
काठमाडौं, असार ५ : प्रधानमन्त्री पुष्पकमल दाहालले केहीदिन अघि भएको आफ्नो भारत भ्रमण एजेन्डाका विशेषमा छलफल गर्न नभइ अनौपचारिक भ्रमण रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले यसअघि जस्तै अनौपचारिक भ्रमण भएको बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो पटक प्रधानमन्त्री पदको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन दाहाल जेठ २७ र २८ गते भारत भ्रमणमा गएका थिए।
‘यो पटकको मेरो भारत भ्रमण एजेन्डा विशेषमा छलफल गर्न होइन। जसरी विगतमा पूर्वनिर्धारित हुन्थ्यो । सदनमा पनि छलफल गरेर जानकारीसहित जाने गरिन्थ्यो । यो पटकको भ्रमण त्यो किसिमको होइन,’ उनको भनाइ छ।
केही सांसदहरुले आफूलाई संसदमा आउन किन डराएको भनेको उल्लेख गर्दै आफूले आज प्रश्न सोध्ने सांसदहरुलाई सदनमा उपस्थित नभएको उल्लेख गरे।
प्रकाशित मिति: १२:५५ बजे, बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











