Kathmandu Press

टीकापुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

‘टीकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो, घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुनबमोजिम नै हुनेछ,’ उनले भने।
टीकापुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री

काठमाडौं, असार ६ : प्रधानमन्त्री पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहर भएकाहरूलाई कानुनअनुसार कारबाही हुने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा टीकापुरमा जनधनको अपुरणीय क्षति भएको बताएका हुन्।

Hardik ivf

‘टीकापुर घटना एउटा दुखद घटना हो, जसमा जनधनको अपुरणीय क्षति हुन पुग्यो, घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुनबमोजिम नै हुनेछ,’ उनले भने।

कैदमाफी मिनाहाको विषय पनि कानुनबमोजिम नै हुने प्रधानमन्त्रीले बताए।

थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको उनले बताए।

प्रकाशित मिति: १३:१९ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्