Kathmandu Press

‘रैथाने खानलाई उत्पादनमूलक बनाउन कानून आवश्यक छ’

‘सरकारले रैथाने खानाहरुलाई कसरी उत्पादनमूलक बनाउने भन्ने कुरामा पनि सोच्न आवश्यक छ,’ उनले भनिन्, ‘यसको लागि संसदमा पनि छलफल गरेर कानून बनाएर लागू गर्नु पर्छ र यसमा सबैको साथ आवश्यक हुन्छ।’
‘रैथाने खानलाई उत्पादनमूलक बनाउन कानून आवश्यक छ’

काठमाडौं, असार ६ : उपसभामुख इन्दिरा राना मगरले सरकारले रैथाने वालीबाट उत्पादन हुने खानालाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताएकी छन्।

विहीबार ग्यास्ट्रोनोमी टुरिजम एसोसियसन अफ नेपालको चौथो वार्षिकोत्सव समारोहमा उनले आधुनिकतामा ढल्कने नाममा रैथाने खानालाई बिर्सिएको भन्दै यसको संरक्षणमा ध्यान दिनुपर्ने बताइन्।

Hardik ivf

‘हामी आधुनिकतामा ढल्कने हिसाबले विभिन्न रोगहरु निम्ताइरहेका छौं। तर भएका कयौं रैथाने पौष्टिक खानाहरुलाई बिर्सिरहेका छौं,’ उनले भनिन्, ‘वास्तवमा सरकारले यसलाई प्रोत्साहन गर्नुपर्छ, आफ्नो अंगको रुपमा हाम्रो रैथाने खानाहरुलाई राख्नुपर्छ।’

यस्तै, उनले सरकारले रैथाने खानालाई उत्पादनमूलक बनाउनको लागि कानून पनि बनाउनुपर्ने बताइन्।

‘सरकारले रैथाने खानाहरुलाई कसरी उत्पादनमूलक बनाउने भन्ने कुरामा पनि सोच्न आवश्यक छ,’ उनले भनिन्, ‘यसको लागि संसदमा पनि छलफल गरेर कानून बनाएर लागू गर्नु पर्छ र यसमा सबैको साथ आवश्यक हुन्छ।’

प्रकाशित मिति: १२:५४ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्