Kathmandu Press

गिरीबन्धुको फाइल खोल्न ओलीलाई विश्वप्रकाशको चुनौती

‘म केपी कमरेडलाई भन्छ चाहन्छु यो प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बचेर पैसा खाएको छैन। तपाईं पनि झापाको म पनि झापाको मान्छे, तपाईंहरू सरकारमा हुनुहुन्छ खोल्नुस् गिरीबन्धुको फाइल,’ उनले भने।
गिरीबन्धुको फाइल खोल्न ओलीलाई विश्वप्रकाशको चुनौती

काठमाडौं, असार ६ : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टिस्टेट जग्गा प्रकरणको फाइल खोल्न एमालेका अध्यक्ष केपी ओलीलाई चुनौती दिएका छन्।

लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले गिरीबन्धु टिस्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न पनि ओलीलाई चुनौती दिए।

Hardik ivf

 ‘म केपी कमरेडलाई भन्छ चाहन्छु यो प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बचेर पैसा खाएको छैन। तपाईं पनि झापाको म पनि झापाको मान्छे, तपाईंहरू सरकारमा हुनुहुन्छ खोल्नुस् गिरीबन्धुको फाइल,’ उनले भने।

गिरीबन्धु प्रकरणमा कांग्रेसले कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए फाइल खोल्न र छानबिन समिति बनाउन माग गर्दै उनले ओलीले आवेगले प्रश्न उठाएको भन्दै त्यसलाई विवेकले जवाफ दिन कांग्रेसपछि नपर्ने बताए।

‘हामीमा आवेग कतिसम्म छ भने, तपाईंहरूले सुन्नुभयो नि। भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरीबन्धु प्रकरणमा कांग्रेसले ९१ बिगाह जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो। यद्यपि, म केपी कमरेडलाई श्रद्धा गर्दछु,’  महामन्त्री शर्माले भने, ‘०५२ सालमा एमालेकै सरकार हुने, भूमिसुधार मन्त्री एमालेकै हुने ०६० सालको सरकार सूर्यबहादुर थापाको भूमिसुधार मन्त्री कांग्रेस नहुने, ०७८ सालमा त केपी ओलीको सेट नै हुने । अनि गिरीबन्धुको विषयमा यही तीनवटा सरकारमा पालामा निर्णय भएको छ अनि कांग्रेस नै नभएको सरकारको दोष कांग्रेसमाथि लगाउँदा हामी चुप लागेर सहेर बस्नुपर्ने?’

प्रकाशित मिति: १२:४९ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्