जिबी राई मलेसियामा रहेको पत्ता लाग्यो, नेपाल ल्याउन छलफल भइरहेको छ : गृहमन्त्री लामिछाने
बिहीबार चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा जिबी राई मलेसियामा रहेको पत्ता लगेको बताउँदै उनलाई फिर्ता ल्याउने विषयमा मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको उनले बताए।
चिनवन, असार ७ : सहकारी बचतकर्ताका ठूलो रकम अपचलन गरेर फरार रहेका जिबी राई मलेसियामा रहेको पत्ता लागेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने बताएका छन्।
बिहीबार चितवन पुगेका गृहमन्त्री लामिछानेले पत्रकारहरुसँग कुरा जिबी राई मलेसियामा रहेको पत्ता लगेको बताउँदै उनलाई फिर्ता ल्याउने विषयमा मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको उनले बताए।
उनले त्यहाँको लिगल स्टाटसका कारण नेपाल ल्याउन कठिनाइ भइरहेको बताए।
यस्तै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा पत्र बोकेर हिंडेको भन्ने अभिव्यक्तिका कारण सरकार वा गठबन्धनमा समस्या आएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए।
‘हामीले सुरुआतदेखि नै राम्रो काम गर्न सकिएन भने सत्तामा टाँसिएर बस्न हुँदैन भन्दै आएका छौं,’ उनले भने।
गृहमन्त्री लामिछानेले आफ्ना पार्टीका मन्त्रीहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी रहेको र राजीनामा पत्र त्यो हुटहुटीको प्रतिबिम्ब भएको उल्लेख गरे।