Kathmandu Press

‘कांग्रेसभित्र महिलालाई अन्तर्घात गर्ने प्रवृत्ति छ, पार्टीलाई यसबाट मुक्त गराउनुपर्छ’

‘महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ। यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु,’ सभापति देउवाले भने।
‘कांग्रेसभित्र महिलालाई अन्तर्घात गर्ने प्रवृत्ति छ, पार्टीलाई यसबाट मुक्त गराउनुपर्छ’

काठमाडौं, असार ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र महिलाहरुलाई अन्तरघात गर्ने प्रवृत्ति बढेको बताएका छन्।

लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीमा उनले पार्टी अन्तरघातबाट मुक्त हुने हो भने महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको बताए।

Hardik ivf

‘महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ। यसबाट मुक्त गराउनसके महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास लिएको छु,’ सभापति देउवाले भने।

समावेशीकरण, समानुपतिक विकासको आवाज नेपालमा पनि उठिरहेको बताउँदै उनले त्यसले महिलालाई उच्च ओहदाम पु¥याउने बताए।

‘अहिले महिलाहरुको अधिकारका लागि, समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभर नै आवाज उठेको छ। त्यही हिसावमा नेपालमा पनि महिला राष्ट्रपति समेत भइसक्नुभयो। विद्या भण्डारीजी दुईपटक राष्ट्रपति हुनुभएको छ,’ सभापति देउवाले भने, ‘भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ। महिलाहरुले त्यस किसिमको योग्य, सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ ।’

यस्तै, नेपालीको राजनीतिक परिवर्तनमा महिलाहरुको अग्रणी भूमिका रहेका रहेको पनि बताए। साथै उनले आगमी दिनमा नेतृत्व विकासमा पनि महिलाको अग्रणी भूमिका दिन सके महिलाको भूमिका अझ प्रभावकारी र शक्ति हुने विश्वास व्यक्त गरे।

निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्ने सन्दर्भमा नहार्ने खालको तयारीका साथ महिला सशक्तिकरणको अभियान अघि बढाउनुपर्ने पनि उनको भनाइ छ।

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, असार ६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्