Kathmandu Press

सीधाकुराको मुद्दा सर्वोच्चको बृहत पूर्ण इजलासमा सुनुवाई हुने

सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दालाई बढी न्यायाधीश सम्मिलित इजलासबाट निरुपण गर्नु उचित हुने बताउँदै पेशी व्यवस्थापन निर्देशक समिति समक्ष प्रस्तुत गर्न आदेशमा भनेको छ।
सीधाकुराको मुद्दा सर्वोच्चको बृहत पूर्ण इजलासमा सुनुवाई हुने

काठमाडौं, असार ५ : सर्वोच्च अदालतले ‘सीधाकुरा डटकम’ विरुद्ध परेको अदालतको अवहेलना मुद्दालाई बृहत पूर्ण इजलासमा पेश गर्न आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दालाई बढी न्यायाधीश सम्मिलित इजलासबाट निरुपण गर्नु उचित हुने बताउँदै पेशी व्यवस्थापन निर्देशक समिति समक्ष प्रस्तुत गर्न आदेशमा भनेको छ।

Hardik ivf

संयुक्त इजलासले यसअघि विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विषय जोडिएको मुद्दा ७ सदस्यीय इजलासबाट टुंगो लागेको बताउँदै बढी न्यायाधीश सम्मिलित इजलासबाट विवाद निरुपण गर्न उचित हुने राय दिएको छ। ३० जेठमा संयुक्त इजलासले गरेको आदेश बुधबार मात्र सार्वजनिक भएको हो।

सर्वोच्चले उक्त मुद्दा फैसलाका क्रममा तथ्यपरक एवं सत्य साँचो विचार तथा अभिव्यक्तिको स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रता समेतका पक्षमा दीर्घकालीन महत्वको ठोस र उपयुक्त व्याख्या गर्नुपर्ने आदेशमा उल्लेख गरेको छ।

सर्वोच्चले सीधाकुरा डटकमले प्रशारण गरेको भिडियो क्लिपलाई वैज्ञानिक परीक्षण प्रतिवेदनले आफै सिर्जना गरिएको र कपोलकल्पित भनेको अवस्था समेत दर्शाएको छ। आदेशमा न्यायाधीश, कानुन व्यवसायी, सञ्चारक्षेत्रका सम्मानित व्यक्तिमाथिको लाञ्छनाको विवाद निरुपण गर्नुपर्ने आवस्यकता रहेको जनाइएको छ।

आदेशमा भनिएको छ, ‘मान प्रतिष्ठामा गम्भीर आँच पु¥याउने गरी हुनसक्ने कार्य वा प्रकाशन वा प्रशारण एवं विचार अभिव्यक्तिको सम्भावित दण्ड सजाय क्षतिपूर्ति समेतको समूचित सम्बोधन हुन अत्यावश्यक देखिन आयो।’

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्