Kathmandu Press

पूर्वप्रधानमन्त्री खनाल र कांग्रेस सहमहामन्त्री यादवको मुद्दा खारेज

पुनःनिर्वाचन तथा पुनः मतगण हुनुपर्ने मागसहित पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दिएको भिन्नाभिन्नै मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ।
पूर्वप्रधानमन्त्री खनाल र कांग्रेस सहमहामन्त्री यादवको मुद्दा खारेज

काठमाडौं, असार ५ : प्रतिनिधिसभाका लागि आफ्नो क्षेत्रमा पुनःनिर्वाचन तथा पुनः मतगण हुनुपर्ने मागसहित पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले दिएको भिन्नाभिन्नै मुद्दा सर्वोच्च अदालतले खारेज गरेको छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासले बुधबार दुबै मुद्दा खारेज हुने फैसला सुनाएको हो।

Hardik ivf

२०७९ मंसिरमा भएको निर्वाचनमा धाँधली भएको दाबीसहित पुनः निर्वाचनको माग गर्दै खनाल र यादवले सर्वोच्चमा भिन्नाभिन्नै रिट दायर गरेका थिए। निर्वाचनमा खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए।

कांग्रेसका महेन्द्र यादवले भने पुनः मतगणनाको माग गर्दै रिट दायर गरेका थिए । यादव धनुषाबाट नेकपा एमालेका सचिव रघुवीर महासेठसँग पराजित भएका थिए । मतगणनाको क्रममा धाँधली भएको दाबी यादवको थियो।

यस्तै कांग्रेसकै सुरेन्द्र चौधरीले दिएको रिट पनि संवैधानिक इजलासले खारेज गरेको छ।

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्