कर्मचारीले ‘ब्ल्याक आउट’ गरेपछि संसदको बैठक स्थगित
आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै सांसदहरूले विरोध गरे। त्यसपति सांसदहरुले ‘ब्ल्याक आउटमा सदन नचलान भने पछि सभामुखले बैठक स्थागित गरेका हुन्।
काठमाडौं, असार ५ : संसद् सचिवालयका कर्मचारीहरूले ‘ब्ल्याक आउट’ गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पुरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले सभामुखलाई मात्रै देखाएर युट्युबटमा प्रत्यक्ष प्रसारण गरेका थिए।
आफूहरूलाई प्रश्न सोध्न दिइएको तर प्रत्यक्ष प्रसारणमा सभामुखलाई मात्रै देखाइएको भन्दै सांसदहरूले विरोध गरे। त्यसपति सांसदहरुले ‘ब्ल्याक आउटमा सदन नचलान भने पछि सभामुखले बैठक स्थागित गरेका हुन्।
प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ।
प्रकाशित मिति: १८:२१ बजे, बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार