कर्णेल मल्ललाई बर्खास्त गर्ने सैनिक अदालतको फैसला
बर्खास्तको फैसला गरिएका मल्ल संयुक्त राष्ट्र संघको स्थायी नियोगमा कार्यरत थिए। मल्ल उनी सैनिक प्रहरीको हिरासतमा थिए।
काठमाडौं, असार ५ : सैनिक विशेष अदालतले महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्ललाई बर्खास्त गर्ने फैसला सुनाएको छ।
बर्खास्तको फैसला गरिएका मल्ल संयुक्त राष्ट्र संघको स्थायी नियोगमा कार्यरत थिए। मल्ल उनी सैनिक प्रहरीको हिरासतमा थिए।
न्यूयोर्कस्थित राष्ट्रसंघीय स्थायी मिसनमा सैनिक सहचारीका रूपमा कार्यरत मल्लको शैक्षिक प्रमाणपत्रमा कैफियत देखिएपछि सैनिक अदालतले मंगलबार बर्खास्तको निणय गरेको हो।
नेपाली सेनाको जङगी अड्डाले मल्ललाई अमेरिकाबाट झिकाएर अनुसन्धान गरेको थियो। सेनाको छानबिन प्रतिवेदनका आधारमा उनलाई बर्खास्त गरिएको हो।
प्रकाशित मिति: १६:३० बजे, बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











