Kathmandu Press

बजेट विनियोजनमा हस्तक्षेप गरी पुनर्लेखन गर्न कांग्रेसको माग

रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताए।
बजेट विनियोजनमा हस्तक्षेप गरी पुनर्लेखन गर्न कांग्रेसको माग

काठमाडौं, असार ५ : नेपाली कांग्रेसले शक्ति र सत्ताको दुरुपयोग गरी मन्त्रीहरूले आफ्नै क्षेत्रमा अधिकांश बजेट लगेको बताउँदै यस्तो कार्य रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनले हस्तक्षेप गर्नुपर्ने बताएको छ।

मन्त्रालयहरुको बजेट विनियोजनमा हस्तक्षेप गरेर पुनर्लेखन गर्नुपर्ने भनाई कांग्रेसको छ। प्रतिनिधि सभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताए।

Hardik ivf

बजेटको मुल मान्यतामा नै त्रुटी भएको भनाई लेखकको थिया । लेखकले प्रधानमन्त्रीले मन्त्रीहरूलाई बोलाएर बजेट पुःलेखन गर्न लगाउनुपर्ने, अन्यथा प्रधानमन्त्री नै बेठीक ढंगको बजेट विनियोजनमा संलग्न रहेको निस्कर्ष निस्कने बताए।

‘मन्त्रीहरूले आफ्नो आफ्नो मन्त्रालयमा प्राप्त बजेटको अधिकांश हिस्सा आफ्नै क्षेत्रमा लैजाने, आफ्नै जिल्लामा लैजाने कुराले ज्यादा अपरिपक्व, गैरजिम्मेवार र दुरुपयोग गरेको पुष्टि भएको छ,’ प्रमुख सचेतक लेखकले भने, ‘यो शक्ति र सत्ताको दुरुपयोग हो। बजेट कसले पायो र पाएन भन्ने भन्दा पनि बजेटको मुल मान्यतामा नै त्रुटी भयो।’

सदनमा कुरा उठिसकेपछि राजनीतिक र नैतिक दबाबमा प्रधानमन्त्री हुनुपर्ने भनाई लेखकको थियो।

लेखकले भने, ‘प्रधानमन्त्रीजी र अर्थमन्त्रीजीले यो बजेट विनियोजनमा हस्तक्षेप गर्नुपर्छ। ति मन्त्रीलाई यो विनियोजन कसरी गर्नुभयो भनेर प्रश्न गर्नुपर्छ र मन्त्रालयको बजेट संशोधन गर्नुपर्छ।’

प्रकाशित मिति: १६:०९ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्