प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
सभामा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ।
काठमाडौं, असार ५ : प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।
सभामा जारी विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी मन्त्रालयगत छलफलमा सांसदहरुले आफ्ना धारणा व्यक्त गर्ने क्रम समाप्त भएको छ।
आजै १५ मिनेटपछि बस्ने अर्को बैठकमा मन्त्रालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने संघीय संसद् सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १५:५८ बजे, बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार