Kathmandu Press

नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्। मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने भएको छ।
नेपाल–अमेरिका फिल्म फेस्टिभलमा सहभागी हुन नवीन सुब्बा र दयाहाङ राई अमेरिका प्रस्थान

काठमाडौं, असार ५ : निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई बुधबार अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकाको मेरिल्यान्ड राज्यमा जुन २० देखि २३ सम्म आयोजना हुने नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन निर्देशक सुब्बा र अभिनेता राई त्यसतर्फ प्रस्थान गरेका हुन्। महोत्सवमा उनीहरुको सहकार्यमा बनेको ‘गाउँ आएको बाटो’ ओपनिङ स्क्रिनिङ हुँदै छ।

महोत्सवको रेडकार्पेट प्रिमियरमा निर्देशक सुब्बा र अभिनेता राई सहभागी हुन लागेका हुन्। मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा जुन २० मा ‘गाउँ आएको बाटो’ प्रदर्शन गरिने भएको छ।

Hardik ivf

चलचित्रमा दयाहाङसहित पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय छ। राई समुदायको सामाजिक पृष्ठभूमिमा बनेको चलचित्रले गाउँमा सडक आएपछि बाबु–छोराको सम्बन्धमा आउने उतारचढावलाई चित्रण गर्छ ।

महोत्सवमा समापन चलचित्रको रुपमा ‘द रेड सुटकेस’ प्रदर्शन हुनेछ। यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन र रामकृष्ण पोखरेलले निर्माण गरेका हुन्।

महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन्।

महोत्सवमा राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु–ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने भएको छ।

महोत्सव उदघाटन र समापन मेरिल्यान्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीले जनाएको छ  चार दिनसम्म चल्ने महोत्सवका चलचित्र भने एएफआई सिल्भर थिएटर र ग्रिनबेल्ट थिएटरमा प्रदर्शन हुनेछ।

महोत्सवको दौरानमा फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि सञ्चालन हुने जनाइएको छ।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्