पूर्वप्रधानमन्त्री खनालले दिएको रिटमा सर्वोच्चमा सुनुवाई सुरु
२०७९ मंसिरमा भएको निर्वाचनमा धाँधली भएको दाबीसहित पुनः निर्वाचनको माग गर्दै खनालले सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचनमा खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका थिए।
काठमाडौं, असार ५ : प्रतिनिधि सभाका लागि इलाम–१ मा भएको निर्वाचन बदरको माग राखेर पूर्वप्रधानमन्त्री झलनाथ खनालले दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा अहिले सुनुवाइ भइरहेको छ।
२०७९ मंसिरमा भएको निर्वाचनमा धाँधली भएको दाबीसहित पुनः निर्वाचनको माग गर्दै खनालले सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचनमा खनाललाई एमालेका महेश बस्नेतले पराजित गरेका थिए।
मत परिणाम अनुसार बस्नेतले २५ हजार ७ सय ५३ र खनालले २३ हजार ८९ मत पाएका थिए । खनाल २ हजार ९ सय ५७ मतले पराजित भएका थिए।
प्रकाशित मिति: १४:०४ बजे, बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार