Kathmandu Press

घाइते कवाडी व्यवसायीको निःशुल्क उपचार गर्न सांसदहरुको माग

‘आन्दोलनमा तमोर प्रसाद शाह, राजु महतो, केदार शाह नन्द किशोर यादव लगायत दजर्नौ घाइते भएर ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको उपचार निःशुल्क होस् सरकारसँग माग गर्न चाहन्छु,’ उनले भने।
घाइते कवाडी व्यवसायीको निःशुल्क उपचार गर्न सांसदहरुको माग

काठमाडौं, असार ५ : सांसदहरुले आन्दोलनका क्रममा मंगलबार घाइते भएका कवाड व्यवसायीहरुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन्।

उनीहरुले कवाड व्यवसायीमाथि विभेद भएको भन्दै सो विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने र प्रहरीले गरेको धरपकडलाई लिएर गृहमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरेका छन्।

Hardik ivf

कवाड व्यवसायी र संकलकले मंगलबार काठमाडौंको बानेश्वरमा निर्वाध व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए। सो क्रममा  प्रहरीको हस्तक्षेपमा दजर्नौ घाइते भएको  र उनीहरुको उपचार ट्रमा सेन्टरमा भइरहेको उल्लेख गर्दै आजको प्रतिनिधि सभा बैठकमा सांसद डा. अमरेश कुमार सिंहले सरकारसँग सबै घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे।

‘आन्दोलनमा तमोर प्रसाद शाह, राजु महतो, केदार शाह नन्द किशोर यादव लगायत दजर्नौ घाइते भएर ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनीहरुको उपचार निःशुल्क होस् सरकारसँग माग गर्न चाहन्छु,’ उनले भने।

उनले महानगर प्रमुख बालेन शाहले पपुलर बन्ने नाउँमा व्यवसायीमाथि अन्याय गरेको उल्लेख गर्दै न्यायका लागि व्यवसायीको पक्षमा आफू उभिने बताए।

यस्तै, सांसद प्रभु साहले प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै गृहमन्त्री रवि लामिछानेले समेत जवाफ माग गरे।

उनले कवाडी व्यवसायी र संकलकको आन्दोलनमा गृहमन्त्रालयले बल प्रयोग गरेको उल्लेख गर्दै शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकको ग्यारेन्टी गर्न माग गरे।

‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने संवैधानिक हकको ग्यारेन्टी हुन्छ कि हुँदैन? आन्दोलनमा जुन ढंगले बल प्रयोग भएको छ यसले विभिन्न प्रश्नहरु खडा भएको छ,’ उनले भने, ‘उनीहरुमाथिको बल प्रयोग सामान्य होइन, गृहमन्त्रीले यसमा स्पष्ट जवाफ दिनुपर्छ।’

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्