Kathmandu Press

धितोपत्र बोर्डको प्रस्तुती र अन्तर्वार्तामा बुधबार पनि तीन जना अनुपस्थित

अध्यक्षका लागि सर्टलिष्टमा परेका नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छन्।
धितोपत्र बोर्डको प्रस्तुती र अन्तर्वार्तामा बुधबार पनि तीन जना अनुपस्थित

काठमाडौं, असार ५ : नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिको ‘सर्टलिस्ट’ मा परेका पाँचजनामध्ये तीनजना बुधबार पनि व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि नआएपछि प्रक्रिया नै रद्द गर्नुपर्ने अवस्था आएको छ।

अध्यक्षका लागि सर्टलिष्टमा परेका नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारी, नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र बिमा प्राधिकरण (तत्कालीन बिमा समिति) का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छन्।

Hardik ivf

गत आइतबार पनि डाकिएका उनीहरु प्रश्तुती र अन्र्वार्तामा अनुपीश्चथ भएका थिए। सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले भने व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन्।

सर्टलिष्टमा परेका तीनजना नआएपछि अब अध्यक्ष नियुक्तिका लागि थालिएको प्रक्रिया रद्द गर्नुपर्ने भएको छ। ‘सर्टलिस्ट’ मा परेका पाँचजनामध्ये नियमानुसार कम्तिमा तीनजना प्रस्तिस्पर्धीहरूले व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता दिनुपर्ने हुन्छ।

कानुनतः छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। यसरी सिफारिस गर्न संख्या नपुगेका कारण बाधा उत्पन्न भएको छ।

वोर्डको अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो।

प्रक्रिया रद्द गराउने उद्देस्यले नै तीनजनाको सल्लाह वमोजिम अन्तर्वार्तामा अनुपश्थित भएको आशंका गरिएको छ।

प्रकाशित मिति: १३:१५ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्