७२ जिल्लामा १२ सय भन्दा बढीमा डेंगी फैलियो
हालसम्म १२ सयभन्दा बढी जनसंख्यामा डेंगी संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७२ जिल्लामा एक हजार दुई सय ४१ जनामा संक्रमण पुष्टि भएको छ।
काठमाडौं, असार ५ : गत पुस यता ६ महिनाको अवधिमा ७२ जिल्लामा डेंगीको प्रकोप फैलिएको छ।
हालसम्म १२ सयभन्दा बढी जनसंख्यामा डेंगी संक्रमण देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७२ जिल्लामा एक हजार दुई सय ४१ जनामा संक्रमण पुष्टि भएको छ।
पुस यता वाग्मती प्रदेशमा सबैभन्दा बढी चार सय ४८ जनामा संक्रमण देखिएको । केन्द्रीय राजधानी काठमाडौंमा सबैभन्दा धेरै संक्रमण देखिएको छ। ईडीसीडीले काठमाडौंमा एक सय ४१ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
त्यसपछि झापामा एक सय १२ जनामा डेंगी देखिएको छ। चितवनमा ७५ र मकवानपुरमा ५९ जनामा डेंगी संक्रमण देखिएको छ।
हिमालीजल्ला मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङबाहेक सबै जिल्लामा डेंगी संक्रमण देखिएको छ।
प्रकाशित मिति: १३:१३ बजे, बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार