Kathmandu Press

‘स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ’

स्काउटले आफ्नो कार्य र जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आइरहेको चर्चा गर्दै उनले ‘वारियर अफ् द नेचर’ र ‘प्रोटेक्टर अफ द कल्चर’को टाइटल दिनुपर्ने बताए।
‘स्काउटमा समय सापेक्ष सुधार आवश्यक छ’

काठमाडौं, असार ५ : युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले नेपाल स्काउटले आफूलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बेला भएको बताएका छन्।

नेपालको स्काउटको ७३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले स्काउटले आफ्नो स्थापनाको उद्देश्य र जरा नविर्सिकन समय सापेक्ष भई अघि बढ्नुपर्ने सुझाव दिए।

Hardik ivf

उनले डिजिटल स्काउटिङको आवश्यकता औंल्याउँदै त्यसतर्फ ध्यानाकर्षण गराए।

‘स्काउट अब समय सापेक्ष हुनुपर्छ । त्यो भनेको २१ औं शताब्दिमा धेरै जसो संस्थाहरु समय सापेक्ष बन्न खोज्ने क्रममा आफू को हो र के का लागि स्थापना गरेको भन्ने नै विर्सने बानी छ यहाँ,’ उनले भने, ‘तर नेपाल स्काउटले २१ औं शताब्दि सापेक्ष हुने आफ्नो जरा, माटोलाई नबिर्सिकन मूल्य मान्यता अगाडि बढाउनु पर्छ।’

स्काउटले आफ्नो कार्य र जिम्मेवारी राम्रोसँग निर्वाह गर्दै आइरहेको चर्चा गर्दै उनले ‘वारियर अफ् द नेचर’ र ‘प्रोटेक्टर अफ द कल्चर’को टाइटल दिनुपर्ने बताए। उनले त्यो सँगै सापेक्ष स्काउट बनाउनका लागि स्काउटको डिजिटल रुपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

‘सबै कुरा डिजिटलमा सिफ्ट हुँदै जाँदा सामाजिक गतिविधि पनि त्यहाँ हुने भएकाले डिजिटल स्काउटिङ आजको आवश्यकता हो । यसमा गम्भीर हुन आग्रह गर्छु,’ मन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले सामाजिक, सांस्कृतिक पक्षको कार्यसँगै विश्वव्यापी चुनौतीको रुपमा आएको मानसिक स्वास्थ्यको मुद्दामा समेत स्काउटले काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, असार ५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्