Kathmandu Press

अविरल वर्षापछि झापाकाे दक्षिणी गाउँहरू जलमग्न

बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ। दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्।
अविरल वर्षापछि झापाकाे दक्षिणी गाउँहरू जलमग्न

झापा, असोज ४ : अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्‍याएको छ। खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ।

बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ। दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन्।

मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुवान भएको छ।

jhapa3-1718711542.jpg
कच्ची घरमा पाँच फिटसम्म डुवान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ  सो स्थानको श्रीमलादेवी राजबंशी, कार्तिक राजबंशी, संजय राजबंशी, कुञ्जि राजबंशीको घर डुवान भएपछि उनीहरु विस्थापित भएका छन्।

यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन्। बिजुलीको दुईवटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ।

बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको पाँचवटा सीसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा विद्युत र इन्टरनेट सेवासमेत अवरुद्ध भएको स्थानीय अनुप सापकोटाले जानकारी दिए।

jhapa2-1718711542.jpeg

अर्जुनधारा–१ खुदुनाबारीमा बाढीले खानेपानीमा क्षति पुर्याएको छ । सोही स्थानको राते भन्ने ठाउँमा बाढी बस्तीमा पस्दा १० घर डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका सहभाति लोकराज ढकालले जानकारी दिए।
लाप्चेटारमा आएको पहिरोले स्थानीय पुष्पा समालको घर पुरेको छ। उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ढकालले बताए।

सोही स्थानमा गोयाङ र टाङटिङ खोलाले बस्तीतिर कटान सुरु गरेको ढकालले जानकारी दिए । यस्तै अर्जुनधाराकै सुखानी खोलामा रहेको कज्वे बाढीले बगाउँदा मदन भण्डारी राजमार्गमा यातायात अवरुद्ध भएको ढकालले बताए। 

jhapa4-1718711542.jpeg

प्रकाशित मिति: १७:३८ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्