Kathmandu Press

एमाले मोरङका नेता थापामाथि कारबाही, जिम्मेवारी खोसियो

थापामाथि मानगढ खानेपानी आयोजनाको उपभोक्ता समितिको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको, भ्रष्टाचार गरेको, पार्टी हितविरुद्ध गतिविधि गरेको लगायत आरोप लगाइएको छ।
एमाले मोरङका नेता थापामाथि कारबाही, जिम्मेवारी खोसियो

विराटनगर, असार ४ : पार्टी हित विपरीत काम गरेको आरोप लगाएर एमालेको विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष सागर थापामाथि कारबाही गरिएको छ।

एमालेको मोरङ जिल्ला कमिटीले थापाको जिम्मेवारीसमेत खोसेपछि विवाद उत्कर्षमा पुगेको छ। उनी २०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेतर्फ विराटनगरको मेयरको उम्मेदवार समेत हुन्। थापा दुई पटक विराटनगर महानगर कमिटी अध्यक्ष बनेका थिए।

Hardik ivf

एमालेको जिल्ला अधिवेशनमा अध्यक्षको आकांक्षी समेत रहेका थापामाथि कारवाही गरिएपछि एमाले मोरङ दुई गुटमा विभाजित बनेको छ। थापामाथि मानगढ खानेपानी आयोजनाको उपभोक्ता समितिको निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको, भ्रष्टाचार गरेको, पार्टी हितविरुद्ध गतिविधि गरेको लगायत आरोप लगाइएको छ।

महानगर कमिटी अध्यक्ष थापासहित नगर उपसचिव नवराज नेपाल र वडा नम्बर, ३ का अध्यक्ष रहेका लालमणि भट्टराई पनि कारवाहीमा परेका छन्। उनीहरु सबैको जिम्मेवारी खोसिएको छ । थापा एमाले जिल्ला नेता विनोद ढकाल समूहका हुन्।

२०८० असोजको ११ र १२ गते भएको एमले कोशी प्रदेश अधिवेशनमा ढकाल एमालेको अर्का नेता घनश्याम खतिवडासँग अध्यक्षमा पराजित भएका थिए। खतिवडा ओली पक्षधर हुन्।

थापा पक्षधरले नेतृत्वमा रोक्न योजनाबद्ध रुपले प्रतिसोधपूर्ण र विधान विपरित कारवाही गरिएको बताएको छ।

प्रकाशित मिति: १७:१३ बजे, मंगलबार, असार ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्