Kathmandu Press

लकडाउनमा चोक-चोकमै अगार्निक तरकारी

काठमाडौं, चैत २१ : लकडाउनको समयमा उपभोक्तालाई सहज बनाउन चोक–चोकमै अर्गानिक तरकारी बिक्री गर्न थालिएको छ। गोल्यान समूहको माटो ब्रान्डले उत्पादन ग....

लकडाउनमा चोक-चोकमै अगार्निक तरकारी

काठमाडौं, चैत २१ : लकडाउनको समयमा उपभोक्तालाई सहज बनाउन चोक–चोकमै अर्गानिक तरकारी बिक्री गर्न थालिएको छ। गोल्यान समूहको माटो ब्रान्डले उत्पादन गरेका तरकारी चोकचोकमै बेच्न थालिएको हो।

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेको छ। दुई साता लामो लकडाउनको आज ११औं दिन पुगेको छ। यस्तो वेला तरकारीको अभाव पूरा गर्न तरकारी बिक्री गर्न थालेका ब्रान्डकी अध्यक्ष लतिका गोल्यानले बताइन्।

Hardik ivf

अगार्निक तरकारी भ्यान सर्भिसमार्फत विभिन्न ठाउँमा गएर एक घन्टा बिक्री गर्न थालेको हो। ‘सकटको समयमा गोल्यान एग्रो प्राइभेट लिमिटेडले काठमाडौं वरिपरिका ग्राहकहरूलाई ताजा फलफूल, तरकारी र अन्य आवश्यक सामान प्रदान गर्न भ्यान सर्भिस थालनी गरेको हो,’ अध्यक्ष गोल्यानले भनिन्, ‘काठमाडौं र ललितपुरको भित्रका मुख्य चोक र चक्रपथ परिक्रमाका मुख्य चोकमा तरकारी बिक्री गरिरहेका छौं।’

यो समूहले अगार्निक तरकारी उत्पादन गर्न थालेको लामो समय भएको छ। यसले अगार्निक तरकारी बजारका रुपमा स्टल पनि राख्दै आएको छ।

अहिले कालीमाटी तरकारी बजारको मूल्यमा तरकारी बिक्री गरिरहेको उनले बताइन्। ‘हाम्रो स्टोर र मोबाइल भ्यानमार्फत दैनिक तीन हजार केजी तरकारी काठमाडौं, ललितपुर र वरपरका ठाउँहरुमा बिक्रीवितरण भइरहेको छ। कम्तिमा दुई हजार ग्राहकलाई सेवा दिइरहेका छौं,’ अध्यक्ष गोल्यानले भनिन्।

उनका अनुसार, सरकारले सिफारिस गरेअनुसार, सरसफाइ र सुरक्षामा ध्यान दिइएको छ। तरकारी लिन आउने र बेच्नेहरुले मास्क र ग्लोभ्स लगाउने गरेका छन्। ग्राहकहरूसँग पनि दूरी बनाइराख्ने गरिएको छ।

प्रकाशित मिति: १०:३४ बजे, शुक्रबार, चैत २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्