Kathmandu Press

उच्च पहाडी क्षेत्रमा हिमपात

काठमाडौं, फागुन १५ : उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हिमपात भएको हाे ।

मनाङ, मुस्ताङ, हुम्ला, डोल्पालग....

उच्च पहाडी क्षेत्रमा हिमपात
रासस

काठमाडौं, फागुन १५ : उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । मंगलबार रातिदेखि हिमपात भएको हाे ।

मनाङ, मुस्ताङ, हुम्ला, डोल्पालगायतका हिमाली जिल्लामा हिमपात भएको हो । मंगलबार रातिदेखि भारी हिमपात भएको जनाएको छ । हिमपातका कारण ति जिल्लाको जनजीवन प्रभावित भएको छ ।

त्यस्तै, उच्च पहाडी क्षेत्रमा पनि बुधबार बिहानैदेखि हिमपात भएको छ । डडेल्धुरा, बाजुरा, जुम्ला, जाजरकोट लगायतका जिल्लाका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । बिहानैदेखि ति क्षेत्रमा भारी हिमपात भएको हाम्रा समाचारदाताले जनाएका छन् ।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ । केही ठाउँमा बजार समेत बन्द रहेका छन् । स्थानीय बासिन्दालाई बाहिर निस्कन पनि समस्या भएको जनाएको छ ।

प्रकाशित मिति: ११:०८ बजे, बुधबार, फागुन १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्