पश्चिम बंगालमा दुई रेल आपसमा ठोक्किदा पाँच जनाको मृत्यु
रेललाई बंगालको नयाँ जलपाइगुडी नजिकै रहेको रंगपानी स्टेशनको नजिक एउटा मालबाहक रेलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम एएनआइले जनाएको छ।-1718636562.jpg)
नयाँ दिल्ली, असार ३ : पश्चिम बंगालमा सोमबार मालबाहक रेलले यात्रुबाहक कञ्चनजंगा एक्सप्रेस रेललाई ठक्कर दिँदा कम्तीमा पाँच यात्रुको मृत्यु भएको छ।
दुर्घटनामा परी २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटना नयाँ जलपाइगुडी जक्शन अगाडि कटिहार रेलवे डिभिजनको रंगपानी क्षेत्रमा भएको हो।
कञ्चनजंघा एक्सप्रेस आसामको सिलचरदेखि सियालदहसम्म चल्ने गर्दछ।उक्त रेल कोलकाता सियालदह जाँदै थियो।
रेललाई बंगालको नयाँ जलपाइगुडी नजिकै रहेको रंगपानी स्टेशनको नजिक एउटा मालबाहक रेलले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यम एएनआइले जनाएको छ।
माल कन्टेनर रेलले सिग्नललाई ओभरसट गरी कञ्चनजंघा एक्सप्रेसको पछाडिको पार्सल कोचमा ठक्कर दिएको थियो।
प्रकाशित मिति: २०:४८ बजे, सोमबार, असार ३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1763799581.jpg)