निर्देशक सुदर्शन थापाविरुद्ध डेढ करोड ठगी आरोपमा मुद्दा
निर्देशक थापासहित तीनजना मिलेर निर्मातालाई कुनै जानकारी नै नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख बराबरको हानी पुर्याएको दाबीसहित अभियोगपत्रमा सजायको माग गरिएको छ।
काठमाडौं, असार २ : फिल्म निर्देशक सुदर्शन थापाविरुद्ध १ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगसहित आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
प्रहरी वृत्त बौद्धको अनुसन्धान प्रतिवेदन अनुरुप जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अदालतमा मुद्दा दायर गरेको हो।
थापा जेठ २१ गते पक्राउ परेका थिए। अभियोगपत्रमा थापासहित ओमप्रकाश अग्रवाल र मिलनकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ।
उनीहरुमाथि ठगीको आरोपमा पशुपति प्रसाद–२ का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए। सोही अनुरुप आपराधिक विश्वासघातमा कारबाहीको माग राखेर मुद्दा चलाइएको हो।
निर्देशक थापासहित तीनजना मिलेर निर्मातालाई कुनै जानकारी नै नदिई चलचित्रको एउटा फाइल आफूसँग राखी चलचित्रको ट्रेलर बिक्री वितरण गरेर १ करोड ५० लाख बराबरको हानी पु¥याएको दाबीसहित अभियोगपत्रमा सजायको माग गरिएको छ।
उनीहरुबाट विगो अनुरुपको क्षतिपूर्ति असुल गरी ७ वर्षसम्मको कैद सजाय मागदाबी गरिएको छ।












