तीनजना उम्मेदवार अन्तर्वार्तामा नगएपछि धितोपत्र बोर्डको प्रक्रिया अबरुद्ध
कानुनतः छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर आइतबार लिएको अन्तर्वार्तामा दुईजना मात्रसहभागि भएपछि सिफारिस प्रक्रिया नै अबरुद्ध हुने अवस्था आएको हो।काठमाडौं, असार २ : लामो समयदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्षको लागि छनिएका पाँच उम्मेदवारमध्ये दुई जना अन्तर्वार्तामा उपस्थित नभएपछि पुनः प्रक्रिया शुरु गर्नुपर्ने अवस्था आएको छ।
कानुनतः छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ। तर आइतबार लिएको अन्तर्वार्तामा दुईजना मात्रसहभागि भएपछि सिफारिस प्रक्रिया नै अबरुद्ध हुने अवस्था आएको हो।
पाँचजना छानिएकामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तर्वार्तामा सहभागि भएका छन् । पाँचजना भित्र परेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाई अन्तर्वार्तामै नगएका हुन्।
अध्यक्षका लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहे पनि संख्या नपुगेका कारण बाधा उत्पन्न भएको छ।
बोर्डको अध्यक्षका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो। प्रक्रिया रद्द गराउन तीनजना सुनियाजित रुपमा अन्तर्वार्तामा अनुपश्चित भएको आशंका गरिएको छ ।