प्रतितोला १६ सय रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आइतबार एक लाख ४२ हजार आठ सयमा कारोबार भइरहेको छ।
काठमाडौं, असार २ : स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आइतबार एक लाख ४२ हजार आठ सयमा कारोबार भइरहेको छ।
यस्तै, आइतबार तेजाबी सुनको मूल्य एक लाख ४२ हजार एक सय निर्धारण भएको छ।
चाँदीको मूल्य भने आइतबार स्थिर छ। चाँदी प्रतितोला एक हजार आठ सयमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: ११:४९ बजे, आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1743858424.png)
