Kathmandu Press

उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो नदीमा खस्यो, १४ जनाको मृत्यु

पर्यटकहरु चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
उत्तराखण्डमा पर्यटक बोकेको टेम्पो नदीमा खस्यो, १४ जनाको मृत्यु

नयाँ दिल्ली, असार २ : भातरको उत्तराखण्डको बद्रीनाथ राष्ट्रिय राजमार्गमा पर्यटक बोकेको टेम्पो सडकबाट चिप्लिएर अलकनंदा नदीमा खसेको छ।

टेम्पो नदीमा खस्दा चालकसहित १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

पर्यटकहरु चोप्ता जाने क्रममा रैतोली गाउँ नजिकै शनिबार बिहान साढे ११ बजे दुर्घटना भएको थियो । दुर्घटनामा १० जनाको घटनास्थलमै र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो।

सडकबाट चिप्लिएको टेम्पो करिब दुई मिटर खोलामा खसेको थियो। मृतकमध्ये अझै तीन जनाको सनाखत हुनै बाँकी छ।
मृत्यु हुनेमा नोएडा, मथुरा, उत्तर प्रदेशको झाँसी, उत्तराखण्डको हल्द्वानी, मध्य प्रदेश, दिल्ली र हरियाणाका बासिन्दाहरु छन्।

उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले अस्पतालमा पुगेर घाइतेहरुको उपचारबारे बुझेका छन् भने स्वास्थ्यलाभको कामना समेत गरेका छन्  उनले घाइतेको उपचारमा कुनै कसुर नराख्न समेत निर्देशन दिएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई दुई–दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्। दुर्घटनाबारे राष्ट्रपति द्रौपदी मुर्मुले समेत दुःख व्यक्त गरेकी छन्।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्