युरोकपमा डिफेन्डिङ च्याम्पियन इटालीको जित
शनिबार राति भएको खेलमा इटालीले अल्बानियामाथि २–१को पुनरागमन जित निकाल्यो।काठमाडाैं, असार २ : डिफेन्डिङ च्याम्पियन इटालीले युरोकप २०२४मा विजयी सुरुआत गरेको छ। शनिबार राति भएको खेलमा इटालीले अल्बानियामाथि २–१को पुनरागमन जित निकाल्यो।
खेलमा इटालीका लागि अलेसान्ड्रो बास्टोनी र निकोलो बरेलाले गोल गरेका थिए भने अल्बानियाका नदिम बज्रामीले गोल गरेका थिए।
खेलको पहिलो मिनेटमै बज्रामी गोल गर्दै अल्बानियालाई अग्रत दिलाए। तर, ११औं मिनेटमा बास्टोनीले इटालीका लागि बराबरी गोल गरे।
त्यसपछि १६औं मिनेटमा बरेलाले गोल गर्दै इटालीलाई २–१को अग्रता दिलाए। तर, त्यसपछि गोल नहुँदा इटाली विजयी भयो।
प्रतियोगितामा आज तीन खेल हुनेछन्। जसमा साँझ ६ः४५मा नेदरल्यान्ड् र पोल्यान्ड, ९ः४५मा डेनमार्कल स्लोभेनियाको सामाना गर्दा राति १२ः४५मा इंग्ल्यान्डले सर्बियाको सामाना गर्ने छ।
प्रकाशित मिति: ११:२४ बजे, आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१