Kathmandu Press

‘शहिदहरूले देखाएको बाटोमा हिँड्न सरकार प्रयत्नशील छ’

शहिद खड्काको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताए।
‘शहिदहरूले देखाएको बाटोमा हिँड्न सरकार प्रयत्नशील छ’

काठमाडौं, असार २ : प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार शहिदहरूले देखाएको बाटोमा हिड्न प्रयत्नशील रहेको बताएका छन्।

आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित शहिद रीतबहादुर खड्काको स्मृतिमा आयोजित कार्यक्रममा उनले सबै क्रान्तिकारी शहिदहरूप्रति सम्मान व्यक्त गरे।

Hardik ivf

शहिद खड्काको विषयमा बोल्दै प्रधानमन्त्री दाहालले खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत भएको बताए।

‘शहिद रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो,’ प्रधानमन्त्री दाहालले भने, ‘उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो। उहाँको शहादतबाट हामीलाई र देशलाई समेत अपूरणीय क्षति भएको छ।’

शहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने भन्दै प्रधानमन्त्री दाहालले उनीप्रति देश र पार्टीले सधैँ सम्मान प्रकट गर्ने बताए।

 

प्रकाशित मिति: १०:२२ बजे, आइतबार, असार २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्