Kathmandu Press

पलाञ्चोक मुहान फलामेटार बृहत खानेपानी आयोजनाको उद्घाटन

खानेपानीको ठेक्का सम्झौता गरी समयमा सकाउने श्रीजना कन्स्ट्रक्सनलाई धन्यवाद समेत व्यक्त गरे।
पलाञ्चोक मुहान फलामेटार बृहत खानेपानी आयोजनाको उद्घाटन

काभ्रे, असार १ : पलाञ्चोक मुहान फलामेटार बृहत खानेपानी आयोजनाको उद्घटन गरिएको छ। खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

खानेपानीको लागि पनौती देखी सिमेन्ट वोकेर खानेपानीको योजना निर्माण गरेको अध्यक्ष थिङले बताए। खानेपानीको ठेक्का सम्झौता गरी  समयमा सकाउने श्रीजना कन्स्ट्रक्सनलाई धन्यवाद समेत व्यक्त गरे।  

oU71QpOq-1718463969.jpg
खानेपानी आयोजनालाई उपभोक्ता समिति गठन गरी खानेपानीलाई नियमित बनाउना उनले वडाबासीहरुलाई अनुरोध गरेका छन् । खानीखोलाका सातै वडामा एक घर एक धारा बनाउने पालिका सरकारको निति समेत रहेको अध्यक्ष थिङ्ले जानकारी दिए।

मानवीय जीवनमा पानीको आवश्यकता महत्वपूर्ण रहने र यो अयोजना समय सिमाभन्दा अधि काम सम्पन्न गरेकोमा  प्रमुख प्रशासकीय अधिकृत जीवन गैरेले खुसी व्यक्त गरे। उनले अबका दिनमा राम्रो काम गर्नेलाई प्रोत्साहण सहित सम्मान गर्ने प्रतिबद्वता जनाए।

प्रकाशित मिति: २०:५१ बजे, शनिबार, असार १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्