Kathmandu Press

समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

अध्यक्ष ओलीले स्वार्थका आधारमा एमालेविरुद्ध कतिपय हल्ला चलाइए पनि देश बनाउने एमालेको विचार र यात्रामा कसैले रोकावट गर्न नसक्ने जिकिर गरे।
समृद्धिको अभिभारा पूरा गर्न एमाले सक्षम छ : अध्यक्ष ओली

काठमाडौं, असार १ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अभिभारा पूरा गर्न एमाले सक्षम रहेको बताएका छन्।

एमाले ललितपुर महानगर कमिटीको दोस्रो अधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले स्वार्थका आधारमा एमालेविरुद्ध कतिपय हल्ला चलाइए पनि देश बनाउने एमालेको विचार र यात्रामा कसैले रोकावट गर्न नसक्ने जिकिर गरे।

Hardik ivf

भ्रम चिर्दै विकास र समृद्धिको लक्ष्यमा अगाडि बढ्न एमाले अडिग र सक्षम रहेको बताउँदै उनले देश सुरुङ, रेल र पानीजहाजको युगमा प्रवेश हुँदा पनि केही पक्षले उडाउन नछाडेको टिप्पणी  गरे।

समारोहमा ललितपुरका पुराना कम्युनिष्ट नेता सिद्धिलाल सिंहलगायतलाई सम्मान गर्नुका साथै विभिन्न पार्टीबाट एमालेमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो ।

प्रकाशित मिति: २०:३५ बजे, शनिबार, असार १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्