Kathmandu Press

सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज

दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको छ।
सिनेमाघर एपमा ‘पशुपति प्रसाद २ः भष्मे डन’ रिलिज

काठमाडौं, असार १ : व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेल ‘पशुपति प्रसाद २ः भष्मे डन’ नेपाली ओटिटी प्लेटफर्म सिनेमाघर एपमा रिलिज भएको छ।

दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाललगायतको अभिनय रहेको छ।

फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी विशेष भूमिकामा छन्। टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा निर्माता तथा अभिनेता खगेन्द्रले लेखन छ ।

फिल्ममा नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत छ।फिल्म गत दशैंको फूलपातीमा रिलिज भएको थियो। यसको सफलतासँगै ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा पनि गरिएको थियो।

सिनेमाघर एपमा ’पशुपति प्रसाद २ः भष्मे डन’ सँगै ‘जय भोले’, ‘महापुरुष’, ‘जारी’, ‘पानी फोटो’, ‘चपली हाइट ३’ लगायतका फिल्म उपलब्ध छन् । सिनेमाघर एप एन्ड्रोइड र आइओस मोबाइलसँगै सामसुङ, एलजी, गुगल, अमेजन लगायतका टेलिभिजनहरूमा पनि डाउनलोड गर्न सकिन्छ ।

‘पशुपति प्रसाद २ः भष्मे डन’ हेर्न दर्शकले १ सय ९९ नेपाली रुपैंयाँ तिर्नुपर्ने हुन्छ । यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत फिल्म हेर्न सकिन्छ ।

प्रकाशित मिति: २०:३३ बजे, शनिबार, असार १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्