‘वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक’
पटक–पटक संघीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनले तर्क गरे।
धनुषा, असार १ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन्।
‘नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरावलोकन गर्ने बेला आएको छ,’ नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनले आयोनजा गरेको mस्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भने।
नेता डा कोइरालाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको छ बताए। पटक–पटक संघीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनकाे तर्क छ।
नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए।
प्रकाशित मिति: १७:०५ बजे, शनिबार, असार १, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार











