Kathmandu Press

पाथीभरामा जेठमा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार नौ सय ५६ संकलन भएको छ।
पाथीभरामा जेठमा १६ लाख ५० हजारभन्दा बढी भेटी संकलन

ताप्लेजुङ, असार १ : ताप्लेजुङको पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजार भेटी संकलन भएको छ। पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद संकलन गरिएको हो।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार जेठ महिनामा १६ लाख ६५ हजार नौ सय ५६ संकलन भएको छ।

संकलित भेटी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ।

चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ।

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, असार १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्