Kathmandu Press

प्रदेश अहिले अदालतले चलाएका छन् : गगन थापा

प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने बताए।
प्रदेश अहिले अदालतले चलाएका छन् : गगन थापा

काठमाडौं, असार १ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघ र प्रदेशको सदस्य संख्या घटाउनुपर्ने बताएका छन्।

प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेज गरौं भनेर सडक प्रदर्शन गर्नुको तुक नरहेको बताउँदै संविधान नै संशोधन गरेर संघ र प्रदेशका सांसदहरुको संख्या घटाउनुपर्ने बताए।

Hardik ivf

कम खर्चमा संसद र सरकार चलाउन आवश्यक रहेको थापाको भनाइ छ।

‘प्रदेशको निर्वाचन प्रणाली बदल्नुपर्छ। प्रदेश अहिले अदालतले चलाएको छ। मुख्यमन्त्री अदालतमा भेटिन थालेका छन्।  सबै लगेर अदालतमा बुझाएका छन्। अब कसैलाई दोष दिए हुँदैन,’ उनले भने ‘प्रदेशको सन्दर्भमा कतिपय कुरा संविधानमा मिलेनछन्, त्यसो भए के गरौं? संशोधन गरौं। त्यो गर्न एमालेसँग सल्लाह गरौं।’

प्रकाशित मिति: १५:०८ बजे, शनिबार, असार १, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्