पुराना पार्टीको भद्दा नक्कल गर्दैनौं : डा. वाग्ले
‘तनहुँमै देख्यौं, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौं। संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो,’ उनले भने, ‘सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोलटोलमा, वडा वडामा साथीहरु नै भएनन्।’
काठमाडाैं, असार १ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले पुराना पार्टीको भद्धा नक्कल नगर्ने बताएका छन्।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा पार्टी संगठनको अवाश्यकता महसुस भएको बताउँदै उनले अन्य पार्टीको नक्कल भने नगर्ने बताए।
पार्टी संगठन नहुँदाको असर तनहुँ र इलाममा देखिएको उनले बताउँदै उनले संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएको बताए।
‘तनहुँमै देख्यौं, अस्ति सबैभन्दा पेचिलो किसिमले त इलाममा नै देख्यौं। संगठन नहुँदा हामीलाई पेनिट्रेट गर्न गाह्रो भयो,’ उनले भने, ‘सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोलटोलमा, वडा वडामा साथीहरु नै भएनन्।’
रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको दाबी गर्दै रास्वपा अभियानको रुपमा अब अघि बढ्ने बताए ।